चितवन । चितवनका युवाहरुले थालेको “क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” को नारा सहित संचालन भएको ६० दिने अभियान अन्तर्गत आज ४१ औँ दिन पुरा भएको छ ।

आज ४१ औँ दिन चितवनको रत्ननगर नगपालिका स्थित पञ्चकन्या सामुदायिक बन क्षेत्रभित्र रहेको मनिखोला पार्क परिसरमा सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले वताए ।

आजको कार्यक्रममा वनका अध्यक्ष , उपाध्यक्ष , स्थानिय समाजसेविहरु लगायत अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको संयोजक भण्डारीले जानकारी दिनुभएको छ ।

Facebook Comments Box