१८ साउन, चितवन । चितवनका युवाहरुले थालेको “क्लीन चितवन , ग्रीन चितवन , बेटर चितवन ” को नारा सहित संचालन भएको ६० दिने अभियान अन्तर्गत आज ३८ औँ दिन पुरा भएको छ ।

आज ३८ औँ दिन चितवनको कालिका नगरपालिका वडा नम्वर १ गढुवा चोकमा रहेको गढुवा पार्क परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको अभियानका संयोजक सरोज ध्वज भण्डारीले वताए ।

आजको कार्यक्रममा वडाध्यक्ष , पार्क संरक्षण समितिका अध्यक्ष स्थानीय समाजसेबी,युवा,विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि लगायत अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको संयोजक भण्डारीको जानकारी दिनुभएको छ ।

Facebook Comments Box