काठमाडौं, २५ भदौ 

 राजधानीमा दिनदाहाडै एक महिलाको घाँटीको करिव डेढ तोलाको सुनको सिक्री लुटिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कागेश्वरी मनहरा नगरपालिका–८ मनिटारचोक घर भएकी मैया बुढाथोकीको करीब डेढ तोलाको सुनको सिक्री शुक्रबार लुटपाट भएको हो । बुढाथोकीको पसलमा माक्स किन्ने बहानामा हाल अल्फाबेट नखुलेको २२१ नम्बरको मोटरसाइकलमा आएका अपरिचित २ जनाले उनले घाँटीमा लगाएको उक्त सुनको सिक्री लुटी फरार भएका थिए ।

ति सिक्री लुट्ने लुटेराहरुको खोजतलास भैरहेको र  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ  ।

Facebook Comments Box