चितवन । चितवनका युबा सामाजिक अभियन्ताहरुले संचालन गरेको ६० दिने “क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ” अभियान अन्तर्गत आज सोह्रौँ दिन नेपाल माध्यमिक बिद्यालयको परिसरामा सरसफाइ तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रत्ननगर २ टाँडीमा रहेको नेपाल माध्यमिक विद्यालयको परिसरामा भएको सरसफाइ तथा बृक्षारोपण कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमलादेवि दुवाडी, वडा अध्यक्ष तिलक राज शर्मा पौडेल, युवा प्रतिनिधिहरु, बिद्यालयका शिक्षक लगायतको उपस्थिती रहेको अभियानका संयोजक सरोज ध्वज भण्डारीले जानकारी दिनु भएको छ ।

भण्डारीले ६० दिन भित्र चितवनको विभिन्न स्थानमा अभियान सञ्चालन हुने वताए । ६० दिने “क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ” अभियानमा पछिल्लो पटक युवाहरुको आकर्षण वढ्दै गएकोले अभियान सञ्चालनको लागि थप उर्जा मिलेको उनले वताए ।

Facebook Comments Box