काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस बाट संक्रमित भएका छन् । बोलसोनारोले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन् ।

उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

बोलसोनारो कोरोनाको जोखिमप्रति बेवास्ता गर्दै आएका थिए । उनले कोरोनालाई सामान्य फ्लूु भन्दै लकडाउनको विरोध पनि गरेका थिए । लकडाउनले देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै उनले प्रान्तीय गभर्नरहरूलाई लकडाउन खुकुलो पार्न अपील गरेका थिए ।

Facebook Comments Box