चितवन । पूर्वी चितवनको रत्ननगरबाट सुरु भएको ‘ क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ‘अभियान आज १० औं दिन पनि जारी रहेको छ ।

लकडाउनको समयमा आफ्नो टोला गाँउ आफै सरसफाई जुटौँ भन्ने अभिप्रायले पछिल्लो समयमा सामाजिक कार्यमा सक्रिय युवाहरुले ‘ क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ‘अभियान १० दिन अगाडीबाट सुरु गरेका हुने अभियान ६० दिनसम्म संचालन हुने छ ।

अभियानको आज १० आंै दिन खैरहनी नगरपालिका स्थित कंकाली सामुदायिक वन क्षेत्रमा सरसफाई एवं वृक्षारोपण गरेको कार्यक्रमका संयोजक यूवा सामाजिक अभियान्ता सरोज भन्डारीले जानकारी दिनु भएको छ । आजको कार्यक्रममा उक्त क्षेत्रका समुदाय र सामाजिक अभियान्ताहरुको उल्लेखेनिय मात्रामा सहभागिता रहेको अभियान्ता भन्डारीले वताए । उनले युवाहरुको यो अभियानमा सबैले हातेमालो गर्न अपिल पनि समेत गरेका छन ।

Facebook Comments Box