चितवन । पूर्वी चितवनको रत्ननगरबाट सुरु भएको ‘ क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ‘अभियान नवौँ दिन पनि जारी रहेको छ । लकडाउनको समयमा आफ्नो टोला गाँउ आफै सरसफाई जुटौँ भन्ने अभिप्रायले पछिल्लो समयमा सामाजिक कार्यमा सक्रिय युवाहरुले ‘ क्लीन चितवन,ग्रिन चितवन ,बेटर चितवन ‘अभियान ९ दिन अगाडीबाट सुरु गरेका थिए ।

६० दिनसम्म संचालन हुने अभियानको आज नवौँ दिन रत्ननगर शान्तिचोक स्थित सहिद स्मृती बहुमुखी क्याम्पसमा सरसफाई गरेका छन्। सो अवसरमा विभिन्न क्लबका प्रतिनिधि तथा अभियानका अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको कार्यक्रमका संयोजक सरोज भन्डारीले बताए । उनले युवाहरुको यो अभियानमा सबैले हातेमालो गर्न अपिल पनि गरेका छन् ।

साभार : सौराहा अनलाईन

Facebook Comments Box