काठमाडौं ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच बसेको शुक्रबारको बैठक विना निष्कर्ष टुंगिएको छ । करिब ४ घण्टाको बसेको बैठकबाट पनि निष्कर्ष निस्कन नसकेको हो ।

प्रधानमन्त्री ओलीलाई ‘भारतले हटाउन खोजको’ भारत विरोधी अभिव्यक्तिका कारण पार्टीभित्रको विवाद थप चुलिएको छ । स्थायी समिति बैठकमा पनि बहुमत सदस्यले ओलीको राजीनामा मागिरहेको अवस्थामा प्रचण्ड र ओलीबिच आज भेटवार्ता भएको हो । भेटवार्तामा पार्टी महासचिव पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेका थिए ।

Facebook Comments Box