काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अनशनरत अस्पताल भर्ना गरिएका इसान अधिकारी र पुकार बमलाई भेट्न आज साँझ ह्याम्स अस्पताल पुगेर ओलीले उनीहरुको स्वास्थ्य अवस्था वारे जानकारी लिनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सरकारले कोभिड १९ विरुद्धको प्रतिकार्य प्रभावकारी ढंगले चलाउन नसकेको, पीसीआर परीक्षण बढाउनु पर्ने लगायत माग राखी अधिकारी, बम लगायत ललितपुरको पाटन दरबार स्क्‍वायरमा एक सातादेखि अनशनमा बसेका थिए ।

Facebook Comments Box