काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले यसबारे जानकारी दिनु भएको छ ।

आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौंका १७ महिला, ११ पुरूष, भक्तपुरका २ पुरुष र ललितपुरका २ पुरूष गरी उपत्यकामा मात्रै ३२ संक्रमित थपिएका छन् । प्रवक्ता डा. गौतमका अनुसार आज थप ४७३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १४ हजार ५१९ पुगेको छ ।

Facebook Comments Box