चितवन । सौराहाका व्यवसायीले होटललाई क्वारेन्टिनका रुपमा सञ्चालनमा ल्याएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईको होटलमा अहिले विदेशबाट आएका पूर्वी चितवनको जयमङ्गलाका दुई जनालाई क्वारेन्टिनमा राखिएको छ ।

काठमाडौँ, पोखरापछि तेस्रो पर्यटकीय गन्तव्यका रुपमा रहेको यस क्षेत्रमा कोरोना सङ्क्रमणअघि पर्यटकले भरिभराउ हुने गरेको थियो । तर कोरोनाका कारण सङ्कटको वर्तमान अवस्थामा सरकारलाई सहयोग गर्दै यहाँका होटलहरु क्वारेन्टिनका रुपमा प्रयोगमा ल्याइएको हो ।

क्षेत्रीय होटल सङ्घले यसअघि सौराहाका होटलहरु क्वारेन्टिनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेको थियो । सोही घोषणाको प्रतिबद्धता पूरा गर्न र सरकारलाई सहयोग गर्न क्वारेन्टिनका लागि होटल प्रयोगमा ल्याइएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

Facebook Comments Box