रिहाईको माग गर्दै स्वतन्त्र राष्ट्रिय अभियान चितवनले बुझायो ज्ञापनपत्र

चितवन। एमसीसीको विरुद्ध गरिएको प्रर्दशनमा अभियानका संयोजक स्वागत नेपाल सहितलाई विना सर्त रिहाईको माग राख्दै चितवनका अभियान्ताहरुले आज सहायक प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन ।

सोमबार माइतीघरबाट स्वतन्त्र राष्ट्रिय अभियानका केन्द्रीय संयोजक स्वागत नेपाल सहितका अभियान्ताले सिरिञ्जबाट रगत निकाली सेतो व्यानरमा नो एमसिसि रिजेक्ट एमसीसी लेखिएको व्यानर लिएर माइतीघरतर्फ बढ्न लाग्दा सर्वोच्च अदालत आसपासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई बिनाशर्त रिहाईको माग गर्दै संस्थाका अभियान्ताहरुले चितवनका सहायक प्रमुख जिल्ला नेत्रप्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा शान्तिपुर्ण रुपले चिकित्सकको सहयोगमा रगत निकालेर लेखिएको व्यानरसहित माइती घरतर्फजाँदा १७ जना अभियान्तालाई महाराजगञ्ज , बालाजु, दरबारमार्ग लगायतका पक्राउ गरी राखिएको भन्दै निशर्त रिहाईको माग गरिएको उल्लेख छ ।

संस्थाका चितवन संयोजक दिपेन्द्र वास्तोलाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ,‘नेपालको इतिहासमा पहिलोपटक स्वतन्त्र राष्ट्रिय अभियान नेपालले पार्टीले खरबा व्यक्तिलाई निर्वाचनामा उम्मेदवार बनाउंँदा जनताले भोट हालेर निर्वाचन होइन कि उम्मेदवारलाई मात्रै बहिस्कार गर्न पाउने राइट टु रिजेक्ट अधिकार राईट टु रिकल,सांसदको सिटको होइन मतदाताको ५१ प्रतिशत ल्याउनेले मात्र सरकार बनाउन पाउने प्रत्यक्ष प्रजातन्त्र र उन्नत लोकतन्त्रको मार्ग प्रशस्त गर्ने गरी संविधान शंशोधन गरियोस भन्ने बिषयमा बहस पैरवी गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →