खेत जोत्ने क्रममा रोडाभेटरमा परेर एक जनाको मृत्यु

चितवन । खेतमा धान रोप्नको लागी जोत्दै गरेको ट्याक्टरको रोटाभेटरमा परेर एक जनाको ज्यान गएको छ ।

चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ मा जोत्दै गरेको अवस्थामा ट्याक्टरको रोटाभेटरमा परेर अन्दाजी ५६ बर्षका रिठ्ठे दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ । ना ७ त ४४८८ नम्बरको ट्याक्टरको पछाडी जडान गरिएको रोटाभेटर मेसिनमा परेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →