कठमाडौं । छिमेकि राष्ट्र भारतबाट नेपालमा सलह किरा प्रवेश गरेको छ । बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सलह किरा पर्साको पर्सागढी गाउँपालिका, भैरहवा , सर्लाहीको नवलपुर र बाराको डुमरवानामा अहिलेसम्म देखापरेको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईले जानकारी दिनु भएको छ ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो। सलह फट्याङ्ग्रा वर्गको कीरा हो ।

Facebook Comments Box