चन्द्रौटा । कपिलस्तुको कृष्णनगरमा कुखुराका चल्ला आज नष्ट गरिएको छ । भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको २५ बाकस चल्ला प्रहरीले बरामद गरेको थियो ।

कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवाबाट करीब तीन हजार चल्ला बरामद गरिएको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो ।

ती चल्लाको मूल्य रु दुई लाख ८१ हजार २५० रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । विभिन्न सरोकार निकायको रोहवरमा चल्ला नष्ट गरिएको थियो । रासस

Facebook Comments Box