चितवन । चितवनको नारायणी सामुदायिक अस्पतालमा कार्यरत फिजिसियन डाक्टरले कोरोनालाइ जितेका छन् ।  डाक्टरका अनुसार उनमा कोरोना संक्रमण भए पनि कुनै लक्ष्ण भने देखा परेको थिएन । उनले कोरोना पुष्टि भएको खवर पाउदा उनि विरामिको उपचारमा नै सक्रिय रहेको थिए । डाक्टरले भने मलाई जुन वेला कोरोना भाईरस पोजेटिभको खवर पाए म विरामाको उपचार मै थिए ।

उनी भन्छन् जुन वेला खवर पाए त्यस लगतै म आफै सेल्फ आइसोलेशनमा वसेको थिए । तर मिडियामा चिकित्सकलाई कोरोना भएको खवर सार्वजनिक भए पछि पुरै चितवन नै तरङ्गीत भएको थियो । उनले थप्दै भन्छन् मैले खवर पाउन साथ आफ्नो परिवारलाई पनि जानकारी गराए र घरमै वस्न र वाहिर तिर नजान भने । म आफै चिकित्सक भएको कारण पनि मैले कोरोना संग जुधे र कोरोनालाइ जित्न सफल भए ।

“हाम्रो समाजले संक्रमित ब्यक्ति र उसको परिवारलाइ गर्ने ब्यबहार कुन हद सम्मको हुन्छ भन्ने कुरा म आफै डाक्टर भएर पनि महसुस गरे भने सामान्य ब्यक्तिलाइ भयो भने येस्तो अमानबिय ब्यबहारबाट उत्पत्ति हुने मानसिक समस्यालाइ कसरि झेल्न सक्छन्” ? उनले भने ।

अहिले डाक्टरले क्‍वारेन्टाइन अवधि पुरा गरिसकेका छन् । भने कोरोनालाई समेत जित्न सफल भएका छन् । उनका अनुसार कोरोना भाईरसवाट सुरक्षित रहन सामाजिक दुरीका  कायम गर्ने, मास्क लगाउने, पटक पटक हात धुने जस्ता स्वास्थ्य सुरक्षाका क्रियाकलाप गर्ने, खोक्दा हाँछ्यु गर्दा मुख छोप्ने जस्ता क्रियाकलापलाइ गर्ने सके कोरोना सँग सुरक्षित रहन सकिने वताएका छन् । भने संक्रमित भैइहाले मनवोल उच्च वनाउनु पर्ने वताएका छन् ।

 

 

Facebook Comments Box