गैँडाकोट । पूर्वनवलपरासीको गैँडाकोट नगरपालिका–७ मा पर्ने नारायणी नदीमा एक युवाको शव फेला फेरेको छ । नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले सो शव गैँडाकोट नगरपालिका–१ का २३ वर्षीय राजन शर्मा पौडेलको भएको बताउनुभयो । उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाको भनाइ छ । शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको थापाले जानकारी दिनुभयो ।

Facebook Comments Box