चितवन । नयाँ नक्सा सांसदबाट सर्वसम्मत अनुमोदन भएको खुसीयालीमा विभिन्न स्थानमा नयाँ नक्सा सहित दीप प्रज्वलन गरिएको छ ।

यसै विच चितवनको रत्ननगर ९ मोहनामा रहेको जनचेतना यूवा समूहले पनि नयाँ नक्सा सहित मैनबत्ती बालेर दीप प्रज्वलन गरिएको छ । जनचेतना यूवा समूहका अध्यक्ष खड्ग बहादुर मैनालीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सांसदबाट पारित हुनु ऐतिहासिक र महत्त्वपूर्ण दिन रहेको वताए ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू-भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न सङ्घीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज सांसदबाट सर्वसम्मत पारित भएको छ ।

Facebook Comments Box