रत्ननगर । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर ९ मा रहेको सामाजिक संस्था मिलिजुली सहयोगी समुहले आफ्नो कार्य क्षेत्र भित्र विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

यसैबिच समूहले आज शनिबार गणतान्त्रीक मार्गको पुर्व पट्टीको भागमा नाला खनेको छ । स्थानियको श्रमदानबाट नाला खनेको समुहका अध्यक्ष पुनरामा शर्मा (विष्णु )ले वताए ।

बर्खालागे संगै खेतवारीवाट पानी सडकमा आउने र परेको पानी जमेर सडक भत्कने हुदा बर्खा सुरु हुन पुर्व नै नाला खनेको सचिव धनन्जय शर्माले वताए ।

Facebook Comments Box