चितवन । चितवनको राप्ती नगरपालिकाको भण्डारा वजारमा स्थानिय युवाहरुले सरकारको विरुद्धमा शान्तिपुर्ण विरोध प्रदर्शन गरेका छन ।

कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने लगायतको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका थिए । लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै विरोध प्रदर्शमा आउनु परेको जेपी युवा क्लबका अध्यक्ष अविप कडेँल वताए ।

सामाजिक तथा भौतिक दुरी कायम गरि गरिएको प्रदर्शनमा स्थानिय युवाहरुको वाक्लो उपस्थिती रहेको कडेँल वताए ।

 

Facebook Comments Box