चितवन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग मार्फत चितवनको खैरहनी नगरपालिका वडा नम्वर १३ लाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) १० थान, १ हजार थान सर्जिकल माक्स, १०० थान सर्जिकल ग्लोवस्, त्यस्तै थर्मल गन १ थान, ३०० एमएलका ह्याण्ड स्यानिटाइजर १० थान स्वास्थ्य सामाग्री आईतवार स्वास्थ्य विभागका कर्मचारी नवराज न्यौपानेले वडा अध्यक्ष बालकुमार उप्रेतिलाई हस्तान्तरण गर्नु भएको छ ।

त्यस्तै आजै खैरहनी १३मा रहेको दिब्यज्योती आधारभुत विधालय हर्नरिलाई ४ सय थान सर्जिकल माक्स र थर्मल गन १ थान लगायतका सामाग्री न्यौपानेले विधालयका प्राचार्य राम बहादुर बोगटिलाई हस्तान्तरण गर्नुभएको छ ।

खैरहनी १३ हर्नरी निवासी स्वास्थ्य विभागका कर्मचारी नवराज न्यौपानको प्रयासमा सामाग्री प्राप्त भएको थियो ।

Facebook Comments Box