काठमाडौं । डोटी र बैतडी जिल्लाका क्वारेन्टाइनमा बसेका दुई पुरुषको मृत्यु भएको छ । डोटीको केआई सिंह गाउँपालिका र बैतडीको पाटन नगरपालिकास्थित क्वारेन्टाइनमा बसेका दुई पुरुषको मृत्यु भएको छ।

केआई सिंह गाउँपालिका(३ दल्लका १९ वर्षीय युवकको सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा आज बिहान मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । उनी भारतबाट आएर जेठ २० गतेदेखि क्वारेन्टाइन बस्दै आएका थिए । उनी मुटुको रोगी भएको बुझिएको छ ।

यस्तै बैतडीको पाटन नगरपालिका(६ स्थित भीमदत्त प्राविधिक शिक्षालयमा बनाइएको क्वारेन्टाइनमा बसेको ३१ वर्षीय पुरुष गएराती मृत्यु भएको छ । नगरपालिका वडा नम्बर ६ सन्तोली घर भएका ती पुरुष शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए ।

मृतकको स्वाबको नमुना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

Facebook Comments Box