चितवन । पर्यटकीय नगरी सौराहा प्रवेश गर्ने बूढीराप्ति (चित्रसारी) पुलमा प्रवेशद्वार निर्माणलाई तीव्रता दिइएको छ ।

पर्यटकीय क्षेत्र प्रवेश गरेको अनुभूति दिलाउने गरी पाँच वर्षअघि प्रवेशद्वार निर्माण थालिएको भए पनि कामले पूर्णता पाउन सकेको थिएन । क्षेत्रीय होटल संघ चितवन सौराहाका प्रथम उपाध्यक्ष एवं प्रबेशद्धार निर्माण समितिका सचिव राममणि खनालका अनुसार नेपाल पर्यटन बोड, बागमती प्रदेश सरकार र स्थानीय संघ संस्थाको सहयोगमा पाँच वर्षअघिबाट प्रवेशद्वार निर्माण थालिएको हो ।

प्रवेशद्वार निर्माण समितिका सचिव खनालका अनुसार पाँच वर्षअघि काम थालेको भए पनि बजेटको अभावमा निर्माण कार्य विचमा रोकिएको कारण केहि ढिलोे भएको वताए । उनले भने कोरोना भाईरसको कारण जारी लकडाउनको सयमा पनि प्रवेशद्धार निर्माण कार्यलाई निरन्तरता दिईएको र निर्माण कार्य अन्तिम चरणमा पुगेको वताए ।

प्रवेशद्वार निर्माणका लागि हालसम्म बागमती प्रदेश सरकारको १६ लाख ३२ हजार, पर्यटन बोर्डको २२ लाख पैतालीस हजार सहयोग प्राप्त भएको र अपुग रकम स्थानीय निकाय एवं संघ संस्थाको सहयोगमा निर्माण कार्य सम्पन्न हुने प्रवेशद्वार निर्माण समितिका अध्यक्ष नारायण भट्टराईले वताए ।

प्रवेशद्वार निर्माण सम्पन्न गर्दा ४५ लाखको हाराहारी खर्च हुने अनुमान गरिएको छ । प्रवेशद्वारको बाहिरी भागमा काठ टाँसेर त्यसमा जनाबरको आकृति कुँदेर आकर्षक बनाइने छ ।

प्रवेशद्वारको दुबै तर्फ गैँडाको मूर्ति राखिने छ । प्रवेशद्वार सम्पन्न हुँदा निकै आकर्षक र महत्वपूर्ण पर्यटकीय क्षेत्रमा प्रवेश गरेको अनुभूति हुने क्षेत्रीय होटल सँघ सौराहाका कार्यलय सचिव दीपेन्द्र श्रेष्ठले बताउनुभयो ।

Facebook Comments Box