काठमाडौं । कोरोना बीमा स्थगित भएको २४ घण्टामा नहुदै पुनः सुचारु भएको छ । बिहीबार बीमा समितिले कोरोना बीमा स्थगन गर्न निर्देशन दिएको थियो । समितिले शुक्रबार आज पुनः कोरोना बीमा सूचारु गर्न सम्बद्ध कम्पनीहरुलाई निर्देशन दिएको छ ।

हिजो बिहीबार मात्रै कोरोना बीमा स्थगन गरेको समितिले आज एक विज्ञप्ति जारी गर्दै साविककै बीमालेख आजदेखि लागू हुनेगरी सुचारु गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

वैशाख ७ गतेदेखि कोरोना बीमा सुरुआत गरिएको थियो । १ लाख र ५० हजार गरी दुई विकल्पमा बीमा गर्न सकिने व्यवस्था रहेको छ। १ हजार रुपैयाँ बुझाउनेले १ लाख र ५ सय रुपैयाँ बुझाउने व्यक्तिले ५० हजार रुपैयाँको कोरोना बीमा गर्न पाउने व्यवस्था रहेको छ ।

Facebook Comments Box