जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने सरकारको निर्णय

काठमाडौँ : मन्त्रपिरिषदको बैठकले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ३२ जेठ सम्म थप्ने निर्णय गरेको छ ।बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि आजै सुरक्षा परिषद् बैठक समेत बसेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →