खैरहनीको शान्तिवजारमा कोरोना भगाउन संसारिक पुजा

खैरहनी। कोरोना भाईरस ( कोभिड १९ ) ले अहिले विश्वलाईनै पिरोलिरहेका वेला चितवनको खैरहनीमा शनिवार संसारिक पुजा लगाईएको छ ।

कोरोना भाईरसको प्रकोप अन्त्यका लागि खैरहनी नगरपालिका १० शान्तिवजार र राप्ती नगरपालिका ८ भवानीवजारका स्थानीय मिलेर संसारिक पुजा लगाएका हुन् । रोगव्याधीले आक्रमण गरेका वेला यस्तो पुजा गर्दा प्रकोप हट्ने विश्वासका साथ पुजा लगाईएको स्थानीय हरिप्रसाद सापकोटाले वताए ।

रोगव्याधी फैलिएको वेला अग्रजहरुले पनि संसारिक पुजा लगाउने चलन रहेकाले अहिलेको कोरोना भाईरसको प्रकोप अन्त्यका लागि गाउँलेहरु मिलेर पुजा लगाईएको उनको भनाई छ । वि.सं. २०१७ सालमा पनि रोगको महामारी भएका वेला संसारिक पुजा लगाईएको अग्रजहरुले वताएको सापकोटाले जानकारी दिए । दुई जना पण्डितहरुले करिव ४ घण्टा लगाएर पुजा गराएका थिए । संसारिक पुजामा देवीको पुजा गर्ने गरिन्छ ।

पुजामा स्थानीय खेमप्रसाद दाहाल र राजु अधिकारी कर्ता थिए । पुजा गाउँको नजिक फाँटमा लगाईएको थियो । पुजा लगाउने भएपछि स्थानीयले स्वतस्फुर्त रुपमा सहयोग गरेका थिए । चीनको वुहानबाट सुरु भएको कोरोना भाईरसको प्रकोप अहिले विश्वव्यापी रुपमा फैलिएको छ । यसबाट तीन लाख भन्दा वढिको ज्यान जानुका साथै लाखौ प्रभावित भएका छन् । नेपालमा पनि कोरोनाबाट १ हजार ४ सय जना संक्रमित भईसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →