रुकुम घटना : ब्राह्मण समाज नेपालको साकेतिक बिरोध,दोषीलाई कडा कार्वाहीको माग

चितवन । पश्चिम रुकुममा भएको घटनाको विरोधमा ब्राह्मण समाज नेपालले शनिवार आज चितवनको माडीमा दिपप्रज्वलन गरी मृतक सम्पुर्णको चिरसान्तिको कामना गर्दै रुकुम घटनाका दोषीलाई न्यायिक तरिकाबाट कडा भन्दा कडा कार्वाही को माग गरेको छ ।

ब्राह्मण समाज नेपालले शनिवार चितवन माडीको वसन्तपुर वजारमा दिपप्रज्वलन गरी घटनाका दोषीलाई कडा कार्वाहीको माग गरेको छ । साथै समाजले जातिय सद्भाव कायम राख्न र रुकुम घटनाका दोषीलाई न्यायिक तरिकाबाट कडा भन्दा कडा कार्वाही को माग गर्दै दिपप्रज्वलन गरेको समाजक अध्यक्ष मिलन दिप पौडेलले वताए ।

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक लगायत ५ मृत्यु भएको छ भने १२ जना घाइते भएकाछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →