नेकपा सचिवालय बैठक जारी : बैठकमा परराष्ट्र,अर्थमन्त्री सहित भीम रावल पनि सहभागी

काठमाडौं। सरकारले संसदमा विचाराधीन एमसीसी पारित गराउने तयारी गरेको छ । त्यसका लागि छलफल गर्न अहिले नेकपा सचिवालय बैठक जारी छ ।

सरकारको नेतृत्व गरेको दलसमेत रहेको नेकपा सचिवालय बैठकमा आज एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुँदैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा। युवराज खतिवडा र नेकपा नेता भीम रावललाई पनि बोलाइएको छ ।

अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजनाबारे विवाद उत्पन्न भएपछि नेकपाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्व, भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन–सुझाव कार्यदल बनाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →