चितवन । पुर्वी चितवनको राप्ती नगरपालिकामा नगरस्तरिय दलित समन्वय समितिले आज रुकुम पश्चिमका भएको नरसंहार हत्याकाण्डको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । हत्याकाण्डको घोर भर्त्सना गर्दै राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको समितिका सचिव गोपाल विश्वकर्माले वताए।

पत्रमा सो घटना अहिलेको युगमा पनि जातीय विभेदको चरम पराकाष्ठाको रुपमा बाहिर आएको र घटनाबाट देशभरका सिंगो ६० लाख दलित समुदाय स्तब्ध बनेको उल्लेख छ । घटनाको निष्पक्ष छानविन गरि दोषी उपर हदैसम्मको कानुनी कारबाहिको मागसमेत गरिएको छ ।

ज्ञापनपत्र बुझाउनअघि समितिले राप्ती ५ भण्डाराचोकबाट दबाब र्याली निकालेको थियो । र्यालीमा दलित एकता जिन्दावाद, मनोवादी सँस्कृति चाहिदैन, मान्छे मार्न पाइदैन, दलित समुदाय एक होऔँ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सयौ मानिस सहभागी थिए । र्याली राप्ती नगरपालिका परिसरमा पुगि कोणसभामा परिणत भएको थियो ।

Facebook Comments Box