चितवन । देशभर कोरोना भाइरस कोभिड –१९ रोगको संक्रमण बढ्दै जादा कोरोना बीमा गर्नेहरुको संख्या पनि बढ्दो अवस्थामा छ । पछिल्लो समय विभिन्न व्यक्ति तथा संघ सस्थाले आफु र आफु कार्यरत संघ सस्थाको कोभिड –१९ बीमा गर्ने क्रम पनि पछिल्लो अवस्थामा बढ्दो रहेको छ । कोरोनाको बिषम परिस्थितीमा नेपालमा संचालीत निर्जिवन बीमा कम्पनीहरुले लघु बीमा योजना अन्र्तगत पुलको माध्यम बाट कोभिड– १९ बीमालेख जारी गरेपछि यस किसीमको बीमालेख समय सापेक्ष र राहत दिने किसीमको भएकोले बीमा गर्नेको संख्यामा बृद्धि भएको हो ।

कोभिड– १९ बीमा गर्दा कोरोना संक्रमण देखीएको अवस्थामा संक्रमित एवं संक्रमितको परिवारलाई बीमा बाट प्राप्त हुने सम्झौता बमोजीमको रकमले जीवनयापनमा सहजता प्रदान गर्ने भएकोले यस प्रकारको बीमा समय सापेक्ष भएको कालीका नगरपालीका प्रमुख मेयर खुम नारायण श्रेष्ठले बताउनु भयो । उहाँले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९ ० बाट हुन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै कालिका नगरपालीकाले कोभिड १९ रोगको बीमा गरेको बताउनु भयो । पीसीआर परिक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि भएमा बीमीतले एक लाख रुपैया तत्काल पाउने भएपछि यस्तो बीमा लेख समय सापेक्ष र राहत दिने किसीमको भएको उहाँको भनाइ छ ।

नगरपालीकाले शिखर इन्स्योरेन्सको टाँडी स्थित शाखा कार्यालयबाट प्रति व्यक्ति १ लाख बीमाङ्क रकम पाउने गरीे बीमा गरेको कालिका नगरपालीका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरीले जानकारी दिनु भयो । फ्रन्टलाईनमा रहेर कोरोना भाइरस संक्रमणको समयमा पनि जोखिममा रहेर जनताको सेवा गर्नु पर्ने र सो क्रममा संक्रमणको सम्भावना उच्च रहेकोले पनि बीमा गरिएको उहाँको भनाई छ । नगरपालीकामा कार्यरत कर्मचारी तथा नगरले संचालन गरको पब्लिक क्वारेन्टाइन होम जुटपानीमा कार्यरत स्वयंसेवक,राष्ट सेवक प्रहरी÷सशस्त्र प्रहरी, जनस्वास्थ्य कर्मिहरुको १ लाखका दरले बमिा गरीएको उहाँले उल्लेख गर्नु भयो ।

नेपालमा संचालीत निर्जिवन बीमा कम्पनीहरुले गत बैशाख ७ गते देखी बीमाङ्क रकम ५० हजार र १ लाखका दरले कोरोना भाइरस ( कोभिड –१९ )को बीमा गर्दै आएका छन् । विशेषत कोराना भाइरसको संक्रमण देशका विभिन्न स्थानका जनप्रतिनिधीहरुमा पनि देखिन थालेपछि कालिका नगरपालीकाको विभिन्न वडाका अध्यक्षहरु समेतले पनि व्यक्तिगत खर्चमा आफ्नो र परिवारको शिखर ईन्स्योरेन्स टाँडी मार्फत कोभिड– १९ बीमा गरेको बताएका छन् ।

Facebook Comments Box