चितवन । चितवनको कालिकानगरपालीका ६ जुटपानिमा संचालीत सुनौलो बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गराएको छ । कोरोना जोखिम बढिरहेको सन्दर्भमा कर्मचारीको सुरक्षा ध्यानमा राख्दै बिमा गरिएको सहकारीका अध्यक्ष निराजन गौलीले जानकारी दिनु भयो ।

सहकारीले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको टाँडी स्थ्ति शाखामार्फत कर्मचारी एवं संचालक समितीको कोभिड १९ बिमा गराएको हो । कोरोना बीमा अन्तरगत बीमीतले बीमा गरेको १५ दिन पश्चात कोरोना संक्रमण पुष्टि ( पि.सि.आर रिपोर्ट पोजेटिभ ) भएमा बीमीतलाई तत्कालै भुक्तानी दिने गरी एक लाख रुपैया पाउने गरी बिमा गरिएको अध्यक्ष गौलीले जानकारी दिनु भयो ।

नेपालमा संचालीत निर्जिवन बीमा कम्पनीहरुले लघु बीमा योजना अन्र्तगत पुल मार्फत ३ महिनादेखि ९९ वषर्सम्मका व्यक्तिले एक लाख र पचास हजार बराबरको व्यक्तिगत, पारिवारीक तथा सस्थागत कोरोना बीमा गर्दै आएका छन् ।

Facebook Comments Box