काठमाडौ । चौरजहारी नपा–८ सोतीगाउँमा जेठ १० गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली आज घटनास्थलतर्पm प्रस्थान गरेको छ ।

जाजरकोट जिल्ला भेरी नपा–४ का २१ वर्षीय नवराज विश्वकर्मा, सोही ठाउँका १७ वर्षीय गणेश विएम र रुकुम जिल्ला चौरजहारी नपा–१ का २० वर्षीय टिकाराम विश्वकर्माको शव फेला परेको र अरु तीन जना व्यक्ति सम्पर्कमा नआएको भनिएको घटनाको सत्य तथ्य सङ्कलन गर्न उक्त टोली घटनास्थल लागेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

Facebook Comments Box