काभ्रे । काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका वडा नम्बर १ कोइरालेमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । घाइते हुनेमा प्रकाश महत र उकका श्रीमती प्रमिला महत रहेका छन् ।

त्यस्तै नारायण महत र उनका श्रीमती बिमला महत पनि घाइते हुनुभएको स्थानीय उर्लेनी मुलखर्क सामाजिक युवा क्लबका अध्यक्ष तारा बहादुर कुवँरले जानकारी दिनुभयो ।

हिजो दिउँसो हावा, हुरी र पानीसँगै परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते मध्ये प्रकाश महतको अवस्था गम्भीर रहेको बताइएको छ । अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box