काठमाडौं । नेपालमा सोमवार कोरोनाका थप ७२ जना नयाँ संक्रमित भेटिएका छन् । आज काठमाडौं, बाँके, कपिलवस्तु, रौतहट, सप्तरी, बारा, दैलेख र धनुषामा गरी ७२ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता समिरमणि अधिकारीले जानकारी दिए ।

यो सँगै नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।

Facebook Comments Box