बाँकेका २१ जना कोरोना सङ्क्रमित निको भएर फर्किए

काठमाडौँ । बाँकेका २१ जना कोरोना सङ्क्रमित निको भएपछि आज अस्पतालबाट घर फर्किएका छन् । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई आज डिस्चार्ज गरिएको हो ।

कोरोनालाई जितेर घर फर्किनेहरूमा जिल्लाकै पहिलो कोरोना सङ्क्रमित नेपालगञ्ज उपमहानगरपालिका ८ का ६० वर्षका धर्मगुरुसहित २१ जना रहेका छन् ।

आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर परिक्षणमा कोरोना नभएको आएपछि डिस्चार्ज गरिएको आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिनुभयो ।

बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । कोरोना हुँदैमा आत्तिनु नपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताउनुभयो ।

प्रदेश ५ मा यसअघि रुपन्देहीका पहिलो कोरोना सङ्क्रमित कोटहीमाइ गाउँपालिकाका २५ वर्षका युवक पनि निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →