आर्थिक क्षेत्र ध्वस्त भए संँगै सञ्चार क्षेत्र पनि तहसमहस भएको छ : महाप्रबन्धक हरि कार्की “लक्की”

चितवन । पछिल्लो समय सूचना तथा प्रविधिको विकास संँगै सञ्चार माध्यमले पनि ठूलै फड्को मारेको छ । छापापत्रकारिता, रेडियो , टेलिभिजन संँगै आज पत्रकारिता अनलाईन मल्टिमिडिया डिजिटल प्रविधिसम्म फराकिलो हुन पुगेको छ । पछिल्लो दशकमा नेपालमा सबैभन्दा विकास र फड्को मारेको क्षेत्र हो सूचना र प्रविधि क्षेत्र ।

यो संगको गहिरो र प्रत्यक्ष नाता सञ्चार माध्यममा छ । यसले प्रतिस्पर्धा संगै यसको क्षेत्र र विज्ञापनको दायरा पनि फराकिलो बनाईदिएको छ । जसका कारण अधिकांश सञ्चारकर्मीको लागि व्यवसायिक र पेशागत सुरक्षा दिन सफल भईसकेको सर्वविदितै छ । तर केही महिना देखि विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण विश्व जगतलाई निकै ठूलो मानवीय क्षति पु-याएको छनै । त्यसमाथि झन त्रास सँगै आर्थिक क्षेत्रमा ठूलो पहिरो गएको छ ।

विश्व अर्थतन्त्र यसले तहसमहस पारिदिएको छ । यसले नेपालको अर्थतन्त्रलाई कहांँसम्म पु-याउने हो अनुमान गर्न सकिदैन । आर्थिक क्षेत्र ध्वस्त र ठप्प भईरहेको बेला यसको गम्भिर असर सञ्चार क्षेत्रमा समेत परेको छ । समग्र आर्थिक क्षेत्र भित्र नै सञ्चार क्षेत्र आश्रित छ । यतिबेला अधिकांश स्थानीय तथा राष्ट्रिय छापामाध्यमहरु पनि बन्द जस्तै अवस्थामा छन ।

विज्ञापनको भरमा चल्ने मिडियाहरु झण्डै २ महिनादेखि विज्ञापनको संकटमा रहेका छन । विगत १० बर्षदेखि चितवनमा रहेर छापापत्रकारिता, विज्ञापन एजेन्सी र इभेन्ट मेनेज्मेन्टमा दख्खल राख्दै आउनु भएका संचारउद्यमी हरि कार्की लक्की संग रहेर लकडाउनले सञ्चार क्षेत्रमा गरेको नोक्सानी र भविष्यमा पर्ने असरका बारेमा गरिएको कुराकानीको संपादित अंश ।

कोरोना महामारी विश्वव्यापी रुपमा फैलिरहंँदा यसले सञ्चार क्षेत्रमा कस्तो असर परेको छ ?

सदियौं बर्षपछि एक्कासी कोराना महामारीका कारण जारी लकडाउनको कारण विश्व अर्थतन्त्र नै ध्वस्त रहेको बेला नेपालको अर्थतन्त्र पनि अछुतो नरहने भन्ने कुरै छैन । बिशेषगरी सञ्चार माध्यम, मिडिया पनि एउटा उद्योगको रुपमा विकसित भईरहेको परिप्रेक्ष्यमा यसले संचार क्षेत्रमा गम्भिर असर परेको छ । एकातिर सञ्चार क्षेत्रलाई नियमित गर्नुपर्ने चुनौति छ भने अर्कोतिर विज्ञापन नहुँदा दोहोरो मारमा परेको छ । ठूला सञ्चार माध्यमलाई समेत अहिले नियमित कार्य चलाउन धौ धौ परिरहेको बेला साना सञ्चार माध्यमहरु अबको यही स्थिति रहने हो भने पलायन हुने अवस्था निश्चित छ ।

आर्थिक क्षेत्र र सञ्चार माध्यमको अन्तरसम्बन्ध कस्तो हुन्छ रु तपाईले यसलाई कसरी लिईरहनु भएको छ ?

विना लगानी आखिर कुनै व्यवसाय उद्योग चल्दैनन । त्यसैले सञ्चार माध्यम पनि एउटा सेवामुलक व्यवसाय हो । सरकारी मिडियाहरु त सरकारको बजेट र लगानीले चल्न सक्लान तर नीजि सञ्चार माध्यम चल्ने भने उद्योग , व्यवसायको विज्ञापनबाट नै चल्ने हो । सरकारले लोककल्याणकारी विज्ञापनको लागि बजेट छुटाए पनि त्यो प्रर्याप्त पनि छैन र सबैको पहुंँचमा पनि छैन । जसका कारण अहिले चलिरहेका उद्योग, व्यवसाय एवं विज्ञापनदाता पनि अन्यौलमा छन । लकडाउनको समय कति लम्बिने हो र यसको असर कहिलेसम्म पर्छ भन्ने अवस्था छैन । जबसम्म नेपालको आर्थिक क्षेत्र तंग्रिदैन तबसम्म सञ्चार क्षेत्र पनि थलिने निश्चित छ । त्यसैले आर्थिक क्षेत्र र सञ्चार माध्यमबीचको सम्बन्ध नङ र मासुको जस्तै हो ।

लकडाउनका कारण अहिलेको सञ्चार माध्यमको कुन अवस्थामा छन रु यसलाई कसरी नियाल्नु भएको छ ?

अहिलेका सबै सञ्चार माध्यहरु पर्ख र हेरको अवस्थामा छन । कहिले महामारी मत्थर होला र अवस्था सामान्य होला भन्ने पर्खाइमा छन । तर जति लकडाउन थपिदै गएको छ उति सञ्चार माध्यम थलिदै गएका छन । कतिपय सञ्चार माध्यमले घरभाडा बुझाउन सकेका छैनन, विज्ञापनमा दिनहुंँ कटौती भईरहेको छ । नयांँ विज्ञापन आउने कुनै आधार र आशा छैन । सञ्चारकर्मीको तलब रोकिएको छ । यो दयनीय अवस्था हो । यस्तो अवस्था सञ्चार माध्यमले शशस्त्र द्धन्द्ध र भुकम्पका बेलापनि बेहोरेका थिएनन। जसका कारण यसले गर्दा विज्ञापन एजेन्सी, सञ्चार माध्यम र संचारकर्मी सबैलाई उठ्न नसकिने गरी थला पारेको छ । सञ्चार माध्यम धराशायी बन्ने अवस्थामा पुगेको छ ।

तपाईको बिचारमा लकडाउनलाई कसरी व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ रु र यसले कतिसम्म असर पार्न सक्छ ?

नेपाल एउटा विकासोन्मुख देश र संगै गरिब मलुकको दर्जामा पर्छ । यसको आफ्नो आन्तरिक श्रोत खासै छैन । नेपालको अर्थतन्त्र रेमिट्यान्सको भरमा अडिएको छ । निर्यात बढ्न गई व्यापार घाटा बढ्दो छ । आशाको रुपमा रहेको पर्यटन क्षेत्रपनि धराशायी र ध्वस्त छ । केही निमार्णाधिन रुपमा रहेको जलविद्युतका श्रोतहरु पनि पुरा हुन सकेका छैन । विश्वमै बेरोजगारी दिनानुदिन बढिरहेका बेला झण्डै देश बाहिर रहेका ८० लाख नेपालीको रोजी रोटी पनि संकट पर्ने देखिन्छ । उनीहरुले अब केही समय रेमिट्यान्स पनि पठाउन सक्दैनन । त्यहाँ रहेका अधिकांश कामदार पनि करीब १५ लाख भन्दा बढी नेपाल फर्कनुपर्ने तरखरमा छन । यस्तो बेला सरकारलाई दोहोरो भार र मार पर्ने देखिन्छ । उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न तत्काल सम्भव छैन । लगानी गर्ने कुनै क्षेत्र संभव छैन विकल्पको रुपमा रहेको कृषि क्षेत्र हो तर यसमा पनि सरकारको कुनै अल्पकालिन मध्यकालिन र दीर्घकालिन योजना नभएको कारण यसको असर बर्षौंसम्म पर्ने देखेको छु ।

अब सञ्चार माध्यमको भविष्य कस्तो देख्नु भएको छ ?

सञ्चार माध्यम एउटा जनतालाई सुसुचित गर्ने भरपर्दो माध्यम त हो । तर सूचना प्रविधि र इन्टरनेट स्मार्ट डिभाइसका कारण सबै पाठक, दर्शकले अनलाईन माध्यम र अनलाईन टेलिभिजन र सोसयल मिडियालाई रुचाएको र स्वीकारेको अवस्था हो । तर पछिल्लो समय यसको अस्वस्थ प्रतिस्पर्धा र मिडिया पनि व्यवसायिक नबन्दा निष्पक्ष, तटस्थ, समाचार संप्रेषण गर्ने संचारमाध्यम चेपुवामा परेका छन । अर्को कुरा मानिसको जीवनशैलीमा पनि व्यापक परिवर्तन आएको छ । शहर केन्द्रीत पाठक , दर्शक अनलाईन मिडिया र अनलाइन टिभीमा आकर्षण हुनु र छापामाध्यम र रेडियो प्रतिको क्रेज घट्नुका कारण यसका पाठक दर्शकको संख्यामा कमी आएको छ । जसले गर्दा विज्ञापनको बजार साघुरिदै जानु र सञ्चार माध्यमको संख्या बढ्दै जानुले यसको सन्तुलन हुन सकेको छैन । छापामाध्यम र रेडियोको पहुंच गाउंका दुरदराजमा सजिलै पुग्न नसक्नु र पाठक, श्रोता र दर्शकले आफूले चाहेजस्तो कन्टेन्ट नदिदा विकल्पको रुपमा अनलाईन समाचार , भिडियो , सामाजिक संजाललाई लिएका हुन । त्यसैले अनलाईन मिडिया, च्यालनको भविष्य राम्रै देखिए पनि छापापत्रकारिता, रेडियो र टेलिभिजनको भविष्य संकटमा पर्दै गएको छ ।

सञ्चार माध्यमलाई जोगाउन र यसको व्यवस्थापन गर्न के गर्नुपर्ला जस्तो लाग्छ ?

सबैभन्दा पहिला त सञ्चार माध्यमलाई जोगाउन राज्यले अलग्गै नीति ल्याउनुपर्दछ । ताकि अहिलेको परिवेषलाई नियाल्ने हो भने पनि विज्ञापन नीति नत व्यवहारिक छ न त समावेशी छ । मुलधार र ठूला मिडियाको विज्ञापनमा एकछत्र राज छ । जसका कारण मोफसलका मिडियाहरु मारमा परेका छन । यसलाई जोगाउन तथा व्यवसथापन गर्न विज्ञापनलाई समानुपातिक ढंगले वितरण गर्नुपर्छ । अर्को कुरा विज्ञापनको बजार र सञ्चार क्षेत्रको आवश्यकता र मागलाई अध्ययन गर्नु जरुरी छ । अहिले संख्यात्मक रुपमा प्रतिष्पर्धा र छ तर सञ्चार माध्यमको गुणस्तर खस्किरहेको छ । बिशेषगरी अनलाईन माध्यमका भ्रामक समाचारले आम यसको दर्शक, पाठक ,श्रोता पीडित छन । यसलाई सही व्यवस्थापन गर्न राज्यले यसको स्तर निर्धारण गर्ने, सबै मिडियालाई दर्ताको दायरामा ल्याउने र असंख्य खुलिरहेका मिडियालाई नियन्त्रण, नियमन गर्ने संयन्त्र तयार पार्नुपर्ने देखिन्छ । असंख्य रुपमा खुल्दै जाने मिडियाले नत सञ्चार माध्यमलाई नत जनतालाई नत समाज अनि राष्ट्रलाई नै फाइदा पुग्छ । त्यसैले अवको बाटो भनेको व्यवसायिक पत्रकारिता तर्फ आम सरोकारवाला केन्द्रीत हुनु जरुरी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →