भरतपुर अस्पतालमा आईसीयूमा उपचाररत बिरामीको मृत्यु, मृत्युको कारणबारे प्रष्ट हुन बाँकी

जय पाठक, चितवन : भरतपुर अस्पतालमा आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएको छ । सोमवार राति अस्पताल ल्याइएको रौतहट जिल्ला परोहा नगरपालिका– ८ , नरकटियाका ६८ वर्षीय शंकर गिरीको निधन भएको अस्पतालले जनाएको छ ।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि सोमवार राती गम्भीर अवस्थामा उनलाई भरतपुर अस्पताल पुर्याइएको थियो । उनमा लामो समयदेखि फोक्सो र श्वासप्रश्वासको समस्या थियो । झन्डै ३–४ महिनादेखि टीबीको औषधि सेवन गरिरहेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्ज स्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टर ल्याइएको थियो ।

त्यहाँ अस्पतालले उनमा क्यान्सरको आशंका रहेकोले थप उपचारको लागि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल लैजान सुझाव दिएकाले बुवालाई भरतपुर ल्याएको उनको छोरा उपेन्द्र गिरीले बताए । क्यान्सर अस्पतालमा लानुभन्दा पहिला उनमा कोरोना परीक्षण गर्न वीरगञ्जको अस्पतालले भनेकाले भरतपुर अस्पताल ल्याईएको उनले बताए ।

आईसीयूमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। श्रीराम तिवारीले जानकारी दिए । उनको मृत्यु भएसँगै शवलाई कोभिड आइसियुकै आइसोलेसनमा छुट्टै राखिएको भरतपुर अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा। प्रमोद पौडेलले जानकारी दिए । उनको स्वाब परीक्षणका लागि पठाइएको उनले बताए । बिरामीको मृत्युबारे भने अस्पतालले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

समाचार :सौराहा अनलाईन बाट

तपाईको प्रतिक्रिया दिनुहोस

About chitwan online khabar

View all posts by chitwan online khabar →