काठमाडौँ । सरकारले बन्दाबन्दीकोस्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । कोभिड—१९रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको हिजो बसेको बैठकले जेठ पाँच गतेपछि बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने तयारी गरेको हो। स्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने तयारी गरेको समितिका सदस्य समेत रहनुभएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयो ।

समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी स्वरुप परिवर्तनको तयारी गरेको बिडारीले बताउनुभयो ।

समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर बन्दाबन्दीका कारण नेपालमै रहेका नागरिकलाई चार्टड फ्लाइटमार्फत पठाउने निर्णय पनि गरेको छ । सचिव विडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको परिचय पत्र प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताउनुभयो ।

समितिले हिजो स्वास्थ्यक्षेत्रका विभिन्न विज्ञसँग छलफल पनि गरेको छ । छलफलमा विज्ञले परीक्षण, सम्पर्क र संसर्गको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।

Facebook Comments Box