काठमाडौँ । सरकारले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धारलाई थप सुविधासहित विस्तार गर्ने भएको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सुविधा थप गरिने बताउनुभएको हो ।

२०७५ साल पुसदेखि लागू भएको आकस्मिक निःशुल्क हवाई उद्धार सेवाबाट हालसम्म एक सय दुइ जना जोखिम अवस्थाका गर्भवति तथा सुत्केरीको उद्धार गरिसकेको सरकारले यसलाइ थप सुविधासहित विस्तार गर्ने उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारीलेराष्ट्रपति उत्थान कार्यक्रम मार्फत् उद्यमशिलता, विकास, वित्तिय पहुँच वृद्धि, प्रविधि सहयोग र उत्पादित वस्तुको बजारिकरणमा सहयोग गरी महिला सशक्तिकरणमा सहयोग गरिने बताउनुभएको छ ।

यस्तै, सबै स्थानीय तहमा महिला उद्यमशिलता सहजीकरण केन्द्र स्थापना गर्ने सरकारको तयारी छ । साथै यो वर्ष बेरोजगारी बढ्ने आंकलन सहित रोजगारी केन्द्रीत नयाँ कार्यक्रम ल्याईने छ ।

Facebook Comments Box