चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १ बकुलहर चोकमा रहेका दुई पसलमा गएराति चोरी भएको छ ।

बकुलहर चोकमा रहेको एउटा किराना पसल र अर्को कम्प्युटर पसलमा चोरी भएको हो । बकुलहर चोकमा रहेको बाग्लुङकाली किराना पसल र कम्प्युटर एण्ड ल्यापटपमा हाउसमा सटर फोरेर चोरी भएको छ ।

किराना पसलबाट काउन्टरमा राखिएको खुद्रा पैसासहित विस्कुट,चकलेट र कम्प्युटर पसलबाट पाँचहजार नगदसहित एउटा ल्यापटप चोरी भएको छ ।

चोरी भएको स्थान इलाका प्रहरी कार्यालय रत्ननगरबाट करिब १०० मिटरका दुरीमा रहेको छ ।

Facebook Comments Box