काठमाडौं : नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाका जानकारी दिनुभएको छ ।

उहाँका अनुसार तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । आज कपिलवस्तुमा संक्रमण पुष्टि भएका ८जना मध्ये एकजना तौलीहवा अस्पतालकी स्टार्फ नर्स भएको थापाले वताए ।

Facebook Comments Box