कपिलवस्तु– कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने भएको छ ।आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकार दीर्घनारायण पौडेलले आज साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि जिल्ला सिल गर्ने निर्णय भएको जानकारी दिनु भएको छ ।

कपिलवस्तुमा हालसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Facebook Comments Box