रत्ननगर । लकडाउनको समयमा रगत अभाव भएपछि विभिन्न संघ संस्थाले चितवनमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यसै क्रममा आज रत्ननगरको बछौलीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ६ जना महिला सहित ४४ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी उप शाखा बछौलीका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

उप शाखा बछौलीको आयोजनमा रक्तदान कार्यक्रम आयोजना गरिएको गरिएको थियो ।

Facebook Comments Box