रत्ननगर । लकडाउनको समयमा रगत अभाव भएपछि विभिन्न संघ संस्थाले चितवनमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यसै क्रममा सोमवार रत्ननगरको बछौलीमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी उप शाखा बछौलीका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

उप शाखा बछौलीको आयोजनमा रक्तदान कार्यक्रम आयोजना गरिएको श्रेष्ठले वताए । उप शाखा बछौलीले विभिन्न समयमा विभिन्न सामाजिक कार्य सञ्चालन गर्दै आएको छ । उप शाखा बछौलीले विश्व रेडक्रस दिवसको अवसर पारेर विभिन्न संघसंस्थालाई माक्स र सेनेटाईजर सहयोग गरेको थियो ।

Facebook Comments Box