चितवन । आज विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस स्वयंसेवक तथा कर्मचारीहरुको सम्मानमा ताली बनाएर मनाइएको छ । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको १९२औं जन्मदिवसका अवसरमा विश्व स्तरमा मनाइँदै आइएको यो दिवस नेपालमा पनि मनाइएको छ ।

कोभिड तथा बन्दाबन्दीको समयमा अग्रपंतिमा रही सेवा गर्ने सम्पूर्ण स्वयंसेवक तथा कर्मचारीहरुलाई लक्षित गरी सम्मानपूर्वक तालीबजाउनुहोस् (KeepClapping) भन्ने मूल नाराका साथ देशभरि विविध गतिविधिको आयोजना गरी मनाइएको छ ।

यता चितवनको रत्ननगरमा रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा वछौलीले पनि दिवसको अवसर पारेर विभिन्न संघ संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्री माक्स र सेनिटाईजर सहयोग गरेको छ ।

उप शाखा बछौलीले प्रहरी चौकी बछौली, बटुक दल गण सौराहा , अस्थाई प्रहरी पोष्ट मैनाहा, पर्यटक प्रहरी सौराहा, टरौली हेल्थपोष्ट र बछौली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको उप शाखाका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ ।
सो स्वास्थ्य सामाग्री सहयोग कार्यक्रममा उप शाखाका अध्यक्ष सुवास विडारी , निवर्तमान साभापती राममणी खनाल, उप– सभापति बालकृष्ण चापागाई, सचिव मनोज चौधरी , कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ , सह– सचिव सरस्वती चालिसे, सह–कोषाध्यक्ष बुधे चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box