चितवन २५ बैशाख । लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई युवा संगठनहरुले रत्ननगरमा विहिबार रक्तदान कार्यक्रम गरेका छन् । अनेरास्ववियू चितवन र राष्ट्रिय युवा संघ चितवनले विहिबार रत्ननगरमा रक्तदान कार्यक्रम आयोजना गरेका थिय ।

रत्ननगरको नगरपालिकाको कार्यालय परिसरमा गरिएको कार्यक्रममा ११ महिला सहित १ सय जनाले रक्तदान गरेको साविक वाईसियल रत्ननगरका उपाध्यक्ष एवं युवा नेता सुवास मिश्रले जानकारी दिनुभएको छ ।
नेकपाको यी दुई संगठनहरुले यही बैशाख ११ गते देखि जिल्लाका विभिन्न स्थानमा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

कार्यक्रममा नेकपा बागमती प्रदेशका प्रदेश सभा सदस्य एवं नेकपा चितवनका ईन्चार्ज कृष्ण प्रसाद खनाल , प्रदेश सभा सदस्य कन्चन खनाल, राष्ट्रिय युवा संघ चितवनका संयोजक मधु न्योपाने , अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्य ,रत्नननगर नगरपालिकाका मेयर नारायण वन , उप मेयर विमलादेवि दुवाडी, पार्टी नेताहरु कुलप्रसाद लामिछाने, राजु अम्गाई, संगिता भट्टराई ,ओम लामिछाने, अनिल तामाङ, प्रताप ढल्लाकोटी,  प्रदीप बन्जारा, गणेश पौडेल,सरोज भण्डारी , सिलन बराल लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box