रत्ननगर । लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई युवा संगठनहरुले चितवनमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

अनेरास्ववियू चितवन र राष्ट्रिय युवा संघ चितवनले यही बैशाख ११ गते देखि चितवनको विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा विहिवार रत्ननगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवा संघ चितवनका संयोजक मधु न्यौपानेले जानकारी दिनु भएको छ ।

विहिबार (भोलि ) रत्ननगरमा हुने रक्तदान कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको साविक वाईसियल रत्ननगर नगर कमिटिका उपाध्यक्ष एवं यूवा नेता सुवास मिश्रले वताए । मिश्रका अनुसार रत्नननगरमा विहिबार हुने रक्तदान कार्यक्रममा १०० जना भन्दा वढी रक्तदाता सहभागी हुने अनुमान रहेको वताउनु भएको छ ।

रत्ननगर स्थित रत्नननगर नगरपालिकाको परिसर भित्र हुने रक्तदान कार्यक्रम विहान ८ वजे वाट ११ वजे सम्म सञ्चालन हुने उनले वताए ।
आयोजकले सामाजिक दूरी र पर्याप्त स्वास्थ्य सुरक्षालाई ध्यान दिएर कार्यक्रम सञ्चालन गर्ने वताएका  छन् ।

Facebook Comments Box