–देवराज सुवेदी मे
लम्ची, १६ वैशाख । बन्दाबन्दीलाई पूर्णपालना गर्दै सिन्धुपाल्चोक जिल्लामा रोकिएका विकास निर्माणका कामलाई सुचारु हुने भएको छ । जिल्ला समन्वय समितिको संयोजनमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र कार्यालयका प्रमुखलगायतको संयुक्त बैठकले सामाजिक दुरी कायम गरी विकास निर्माणका काम सञ्चालन गर्ने निर्णय गरेको हो ।

विकास निर्माणका काम सञ्चालन गर्न सम्बन्धित स्थानीय तहले समन्वय गरी पास उपलब्ध गराउने र आवश्यक सामग्री ल्याउन परे निर्माण कार्यको निरन्तरताका लागि सहजीकरण गर्ने उपसमितिबाट समन्वय गराउने निर्णय भएको छ । बैठकले जिल्लामा सञ्चालित क्रसरहरु सुचारु गर्ने निर्णय पनि गरेको छ । स्थानीय तहसँग समन्वय गरेर सामाजिक दुरीलाई कायम गर्दै क्रसर सञ्चालन गर्न अनुमति दिने निर्णय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सङ्घीय सांसद शेरबहादुर तामाङले बताउनुभयो ।

त्यसैगरी कृषिलगायत आवश्यक अन्य सामाग्री साल्ट ट्रेडिङसँग सहकार्य गरेर स्थानीय तहले ल्याउने र कृषकको मागअनुसार वितरण गर्ने निर्णय भएको छ । बैठकले जिल्ला बाहिरबाट आउने माथि निगरानी गर्दै बन्दाबन्दीलाई कडाइ गर्ने पनि निर्णय गरेको छ । रासस

Facebook Comments Box