काठमाडौं, १५ वैशाख । नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको सो अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।

आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हो । सो सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउनेगरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको हो ।

Facebook Comments Box