एजेन्सी । इटालीमा खेलकुद गतिविधि विस्तारै सुरु हुने भएका छन् । कोरोना महामारीका कारण रोकिएको सिरी ए फुटबलका पुनः सुरु गर्ने प्रयास थालिएको छ ।

आउँदो मे ४ देखि टिमहरु व्यक्तिगत प्रशिक्षणमा सहभागी हुन सक्ने बताइएको छ । लकडाउन खुकुलो पारिएसँगै मे ४ देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुन पाउने भएका हुन् ।

यस्तै मे १८ देखि टिम प्रशिक्षण गर्न पाइने छ । सिरी ए रोकिएका का खेलहरु मे २७ देखि जुन २ को बीचमा सुरु हुने आशा गरिएको छ तर यसको औपचारिक घोषणा भने गरिएको छैन ।

Facebook Comments Box